Like us!
Follow us!
Connect us!
Watch us!

समता र मिर्मिरेको हकप्रद भर्नु भयो ? आज अन्तिम दिन

मंगलबार, २९ साउन २०७५, ०८ : ४२ मा प्रकाशित

समता र  मिर्मिरेको हकप्रद भर्नु भयो ?  आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं- समता र मिर्मिरे माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रदमा आवेदन  दिनुभयो ? नदिएको भए आजै गर दिनेहोला।  किन कि  (आज)  मङ्गलवार (साउन २९) अन्तिम  हो ।

समता माइक्रोफाइनान्सले २ः१ को अनुपातमा १ सय अङ्कित दरको १ लाख ८९ हजार ६ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

कम्पनीले असार २७ गतेदेखि हकप्रद निष्कासनमा ल्याएको हो । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि असार १२ गतेदेखि बुक क्लोज गरेकाले असार ११ गतेसम्म कम्पनीको सेयर  किन्ने सेयरधनीले यो हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

मिर्मिरे माइक्रोफाइनान्सले १ : १ को अनुपातमा  १ सय अङ्कित दरको ४ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

मिर्मिरेले हकप्रद निष्कासनका लागि जेठ १८ गते बुक क्लोज गरेकाले जेठ १७ गतेसम्म कम्पनीको सेयर किन्ने सेयरधनीले यो हकप्रदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले असार २७ गतेदेखि हकप्रद निष्कासनमा ल्याएको होे । दुबै कम्पनीको विक्रि प्रवन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको