अर्थ संसार, काठमाडौं – धितोपत्र बोर्डले कालिका पावर कम्पनीलाई साधारण सेयर (आइपिओ ) निश्कासन गर्ने अनुमति दिएको छ ।
कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको हो । स्थानीयवासीको लागि ६ लाख कित्ता आइपिओ विक्री गरिसकेको यस कम्पनीले जारी पुँजीको २० प्रतिशत आइपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।
आइपिओ विक्रीको लागि कम्पनीले बिक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट र ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले गोरखामा ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस