अर्थ संसार, काठमाडौं– सेयर बजार हिजोआज ओरालो यात्रामा छ । बजारप्रति लगानीकर्ता उत्साहित देखिदैनन् । दैनिक अर्वमा हुनु पर्ने सेयर कारोबार रमक अहिले २० करोडको हारहारीमा हुने गर्दछ ।
सेयर बजारमा लगानीकर्ताको कम उपस्थित देखिन्छ । बजारमा सेयर किन्नेको भन्दा पनि बेच्ने लगानीकर्ताको हावी छ । जसले गर्दा विस्तारै सेयरबजारप्रति लगानीकर्ताको विश्वास घट्दै देखिन्छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत केही कम्पनीको मूल्य घटेर साधारण सेयर (आइपिओ) को भाउमा आएका छन् । नेप्सेमा सूचिकृत भएको समूह मध्ये जलविद्युत समूहको सेयर मूल्यमा ह्वात्तै घटेको छ । नेप्सेमा सूचिकृत भएका १९ जलविद्युत कम्पनीमध्ये सवै भन्दा चिलिमे जलविद्युत कम्पनीको सेयर मूल्य उच्च रहेको छ ।
जसको मूल्य दोस्रो बजारमा प्रतिकित्ता ७१५ रुपैयाँमा रहेको छ । त्यसै गरी बुटवल पावर कम्पनी लिमिटेड, अपि पावर कम्पनी लिमिटेड, अरुण कावेली हाइड्रोपावर लिमिटेड लगायत रहेका छन् । यता, सवै भन्दा कम नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको मूल्य घटेको छ ।
जसको मूल्य दोस्रो बजारमा प्रतिकित्ता ७८ रुपैयामा कारोबार भैरहेको छ । १९ वटा कम्पनीमध्ये प्रतिकित्ता रु १००देखि २०० भित्र ११ वटा, रु २०० देखि ३००भित्र ४ वटा, रु ३०० भन्दा माथि ३ वटा जलविद्युत कम्पनी रहेका छन् ।
अहिले घटेको समयमा सेयर किनेर केहि समय होल्ड गर्न सके केही फाइदा हुने लगानीकर्ताहरु बताउँछन् । अहिले किनेर राखेको सेयर माथिको कम्पनीले दिने हकप्रद र बोनस सेयरको बुक क्लोज हुने मिति भन्दा अगाडि बेचेको खण्डमा नाफा कमाउन सकिनेछ ।
हेरौं, १९ कम्पनीको सेयर प्रतिकित्ता रुपैयाँ ?
नोट : दोस्रो बजारमा मंगलबार भएको कारोबारमा
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस