अर्थ संसार, काठमाडौँ – कालिका पावर कम्पनीले सर्वसाधारणमा साधारण सेयर(आइपिओ) बिक्री गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कालिका पावरलाई सेयर निष्काशन गर्न अनुमति दिएको हो ।
कालिकाले अब प्रतिकित्ता १०० रुपैयाकाँ दरले रु १२ करोड बराबरको १२ लाख कित्ता आइपिओ निष्काशन गर्नेछ । बिक्री प्रबन्धक काठमाडौ क्यापिटल मार्केट र ग्लोबल आइएमइ क्यापिटल रहेको छ ।
चालु आर्थिक वर्षमा कालिका पावर कम्पनी आइपिओ निष्काशन गर्न अनुमति पाउने पहिलो बनेको छ । धितोपत्र बोर्डले चालु आर्थिक वर्ष लागे यता कालिका पवर कम्पनीलाई अनुमति दिएको छ ।
इक्रा रेटिङले यस कम्पनीलाई ग्रेड ४ दिएको छ । यो भनेको यसको सेयरको लगानी औसत हो । यस अघि कम्पनीले आयोजना प्रभावितका लागि प्राथकि सेयर निष्काशन गरिसकेको छ । कम्पनीको जारी पुँजी रु ८५ करोड छ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस