अर्थ संसार, काठमाडौं– पुँजी बजारले गति लिन नसक्दा यतिखेर लगानीकर्ता चिन्तितमा छन् । दोस्रो बजारमा सेयर भाउ घट्नुले लगानीकर्ता चुर्लुम्म घाटामा छन् ।
सेयर बजारमा ठूलो घाटा खाने लगानीकर्ताहरुमा म्युचुअल फण्डमा लगानीकर्ता पनि हुन् । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचिृकत १३ वटा म्युचुअल फण्डमध्ये ९ वटाम्युचल फण्डका लगानीकर्ता डुवेका छन् । प्रतिकित्ता १० रुपैयाँ हालेका लगानीकर्ताले अहिले प्रतिकित्त २ देखि ३ रुपैयाँसम्म घाटा खाएका छन् ।
१३ मध्ये ४ वटा म्युचुअल फण्ड नाफामा देखिन्छन् । नाफामा हुने म्युचुअल फण्डमा सिद्धार्थ इक्विटी फण्ड, एनएमबी शुलभ इन्भेष्टमेन्ट फण्ड, एलआइविएल संमृद्धि फण्डन १ र लक्ष्मी म्युचुअल फण्ड रहेका छन् । बाँकी ९ वटा म्युचुअल फण्डको प्रतिकित्ता सेयर मूल्य १० रुपैयाँ भन्दा कम रहेका छन् ।
सवै भन्दा बढी सिद्धार्थ इक्विटी ओरेन्डेट स्किम प्रतिकित्ता ११ रुपैयाँ ७६ पैसा रहेको छ । यता, सवै भन्दा कम एनआइविएल प्रगति फण्ड प्रतिकित्ता ७ रुपैयाँ ९० पैसा गरहेको छ ।
कुन म्युचुअल फण्डको प्रतिसेयर मूल्य कति ?
नोट : विहीबारको कारोबारमा
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस