Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर बजार : १ अर्ब बढीको कारोबार

शनिबार, ०९ भदौ २०७५, १६ : ५७ मा प्रकाशित

साताको सेयर बजार  : १ अर्ब बढीको कारोबार

अर्थ संसार, काठमाडौँ– धितोपत्र बजारमा यस साता १ अर्ब १७ करोड ७५ लाख ७१ हजार बराबरको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल ४४ लाख २१ हजार ९५० कित्ता सेयर खरीद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १७ दशमलव ८४ प्रतिशत कम हो ।

गत साता १८५ कम्पनीको ४५ लाख दुई हजार चार सय ५० कित्ता सेयर १ अर्ब ४३ करोड ३२ लाख ९४ हजार मूल्यमा खरीद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलव ७९ अङ्कले घटेर अन्तिम दिन एक हजार १७८ दशमलव ५० अङ्कमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलव ५४ अङ्कले घटेर २४८ दशमलव ९९ अङ्कमा आइपुगेको छ ।

यस साता कारोवार रकमको आधारमा एनएमबी बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु छ करोड ६१ लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ ।

यस्तै कारोबार भएको सेयरका आधारमा पनि सोही बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको दुई लाख १३ हजार कित्ता सेयर खरीद बिक्री भएका थिए ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोवार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोवार भएन ।

यो पनि पढ्नुहोस्

बुटवलको ब्रोकर कार्यालयमा सेयर कारोबार हुन छाड्यो 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको