Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १२ कम्पनीको ५ करोडबढीको सेयर सूचिकृत

शनिबार, ०९ भदौ २०७५, १७ : १९ मा प्रकाशित

नेप्सेमा १२ कम्पनीको ५ करोडबढीको सेयर सूचिकृत

अर्थ संसार, काठमाडौं– यो साता नेपाल स्कट एक्सचेन्ज (नेप्से) मा १२ कम्पनीको सेयर सूचिृकत भएको छ ।

भार्गव विकास बैंकको २१ लाख १२ हजार कित्ता हकप्रद, हाम्रो विकास बैंकको तीन लाख ३४ हजार ८८८ कित्ता बोनस, सिद्धार्थ बैंक लिमिटेडको ९५ लाख ५६ हजार ५६४ कित्ता बोनस, मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एक लाख ३८ हजार बोनस, हिमालयन बैंकको एक करोड ६२ लाख २९ हजार ५९ कित्ता बोनस सेयर स्टकमा सूचीकृत भएका छन् ।

यस्तै कर्णाली डेभलपमेन्ट बैंकको ३३ लाख ९७ हजार कित्ता हकप्रद, सूर्योदय लघुवित्त वित्तीय संस्थाको ७६ हजार कित्ता बोनस, एनएमबी बैंकको एक करोड १४ लाख १५ हजार १६३ कित्ता थप निष्काशन, नाडेप लघुवित्त वित्तीय संस्थाको १६ लाख कित्ता प्राथमिक सेयर, मेघा बैंकको ९९ लाख ८६ हजार ९५१ कित्ता बोनस सेयर सूचीकृत भए ।

त्यस्तै लुम्बिनी विकास बैंकको एक लाख ६४ हजार ६४४ कित्ता हकप्रद र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको चार लाख १७ हजार ४६१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यो पनि पढ्नुहोस्

बुटवलको ब्रोकर कार्यालयमा सेयर कारोबार हुन छाड्यो

साताको सेयर बजार : १ अर्ब बढीको कारोबार 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको