Like us!
Follow us!
Connect us!
Watch us!

युनियन हाइड्रोको IPO मा आवेदन दिनु भयो ? आज अन्तिम दिन

मंगलबार, १२ भदौ २०७५, ०८ : २२ मा प्रकाशित

युनियन हाइड्रोको IPO मा आवेदन दिनु भयो ? आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं – युनियन हाइड्रोपावर कम्पनीले स्थानीयवासीको लागि निश्कासन गरेको साधारण सेयर (आइपिओ) मा आवेदन दिने (आज) मंगलबार अन्तिम दिन हो । कम्पनीले साउन १४ गते स्थानीयवासीको लागि  ७ लाख ५० हजार कित्ता सेयर जारी गरेको थियो ।

यस आईपीओमा लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिका वडा नम्बर ८, ९, १०, वेशिसहर नगरपालिका वडा नम्बर ५, सुन्दर बजार नगरपालीका वडा नम्बर ११ र कास्की जिल्लाको रूपा गाउँपालिका वडा नम्बर १ तथा प्रभावित क्षेत्र लमजुङ जिल्लामा स्थायी वासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

यस आईपीओमा न्यूनतम ५० देखि अधिकतमा ३ हजार कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ । आईपीओ खरीदका लागि सिभिल बैङ्क मालिङ्ग, बेसिशहर, गौँडा, भुलभुले, रैनास लमजुङ शाखा कार्यालय, कैलाश विकास बैङ्क भोर्लेटार, लमजुङ, ग्लोबल आइएमई बैङ्क, भोर्लेटार, लमजुङ, कामना सेवा विकास बैङ्क, दुइपिप्ले लमजुङ, ओमडेभलपमेण्ट बैङ्क, भोटेओडार र वेसीशहर, लमजुङ, लक्ष्मी लघुवित्त वित्तीय संस्था, भोर्लेटार, लमजुङ, सनराइज बैङ्क, वेसीशहर र युनियन हाइड्रोपावर लिमिटेडको आयोजना स्थल मध्य नेपाल नगरपालिका ८ मा सम्पर्क गर्न सकिनेछ । यस आईपीओ विक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ ।

कम्पनीले लमजुङ जिल्लाको वडा नम्बर ८ मा ३ मेगावाट क्षमताको मिदिम खोला जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न भई गत माध १५ गतेदेखि व्यापारिक उत्पादन समेत शुरु गरिसकेको छ ।

हाल ३८ करोड ३७ लाख ४५ हजार चुक्तापूँजी रहेको यस कम्पनीको आयोजना प्रभावितलाई  ७ करोड ५० लाख बराबरको आईपीओ जारी पश्चात  ४५ करोड ८७ लाख ४५ हजार पुग्नेछ । स्थानियलाई बाँडफाँट गरेपश्चात कम्पनीले कर्मचारी सहित सर्वसाधारणका लागि  २९ करोड १२ लाख ५५ हजार बराबरको साधारण सेयर जारी गर्ने जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको