अर्थ संसार
काठमाडौं–एचटिसी मोबाइल फोनको आधिकारिक बितरक जेननेक्स्टले ‘एचटिसी बाई जेननेक्स्ट कन्टेस्ट’ घोषणा गरेको छ । यस प्रतियोगितामा हरेक साता भाग्यशाली बिजेताहरुले एचटिसी डिजायर फोनहरु जित्न सक्नेछन् । यसबाहेक हरेक एचटिसी खरिदकर्ताले सिने डे सेफको दुईवटा मुभी टिकेटहरु प्राप्त गर्नेछन् । न्यूरोड मोबाइल महोत्सवको अवसर पारेर छुटको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कन्टेस्टमा सहभागी हुन न्यूरोड मोबाइल महोत्सवमा राखिएको एचटिसीको लोगो भएको बोर्डको अगाडि बसेर सेल्फी खिच्नुपर्नेछ । उक्त फोटोलाई जेननेक्स्टको फेसबुकमा म्यासेजमार्फत पठाउनुपर्नेछ । त्यसपछि ती तस्विरहरु कन्टेस्ट पेजको एल्बममा राखिनेछन् । यो कन्टेस्ट अभियानको अन्तिममा सबैभन्दा धेरै लाइक पाउने फोटोले एचटिसी डिजायर ६२६ प्लस मोबाइल जित्न सक्नेछ । यो कन्टेस्ट जनवरी २ तारिख २०१७ अर्थात पुस १८ गतेसम्म संचालन हुनेछ ।
सहभागी प्रतिस्पर्धिहरुले जनवरी ३ तारिख अर्थात पुस १९ गतेसम्म आफ्नो फोटोमा लाइक बढाउन सक्नेछन् । यो कन्टेस्टको बिजेताको घोषणा जनवरी ३ तारिखमा गरिनेछ ।सहभागीहरुमध्ये बराबर लाइक प्राप्त गरेमा गोलाप्रथाद्वारा बिजेताको छनौट गरिने कम्पनीले जनाएको छ ।
उपभोक्ताहरुलाई उत्साहित बनाउन तथा जेननेक्स्टको आधिकारिक उत्पादनहरुको प्रबद्र्धन गर्न ‘बाई जेन्यून वेबसाइट चेक आईएमईआई’ कन्टेस्ट पोस्ट गर्ने मोबाइल महोत्सवको अफरमा घोषणा गरेको छ । यो कन्टेस्ट यहि पुस १८ देखि माघ १७ गतेसम्म आयोजना हुनेछ । जनवरीसम्म हरेक साता एक जना बिजेताले एचटिसी फोन प्राप्त गर्नेछ । यो कन्टेस्मा सहभागी हुन प्रत्येकले नेपालमा आधिकारिक रिटेलरहरुबाट खरिद गरेको आफ्नो एचटिसी फोनको आईएमईआई नम्बर जेननेक्स्टको वेबसाइटमा दर्ता गर्नुपर्नेछ । स्क्रिनमा अंग्रेजी भाषामा आउने बधाई लेखिएको स्क्रिनसट खिचेर जेननेक्स्टको फेसबुक म्यासेजमा पठाउनुपर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस