Like us!
Follow us!
Connect us!
Watch us!

किन बिक्न छाडे चर्चित कम्पनीका शेयर

बुधबार, १३ भदौ २०७५, १३ : ०३ मा प्रकाशित

किन बिक्न छाडे चर्चित कम्पनीका शेयर

अर्थ संसार, काठमाडौँ –समान्यता बजार बुम भएको समयमा थप निस्काशन(एफपिओ) गर्दा त्यसमा लगानीकर्ताको भीड बढ्छ । किनकी लगानीकर्ता नाफा खोज्छन् र चाहन्छन् ।

बजार शास्त्रको सिद्धान्त नै त्यही हो ।पछिल्ला दिनमा बजारमा आएका एफपिओ बिक्री हुन सकेन । त्यसको प्रत्यक्ष उदाहरण बन्यो बुटवल पावर कम्पनी ।त्यस्तै पछिल्लो पटक एनएमबी बैंकको पनि एफपिओ बिक्री भएन ।

यस्तै सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले पनि एफपिओ बिक्री भएन ।तीन वटै कम्पनीको एफपिओ अन्डर राइट कम्पनीले उठाउनु पर्यो ।

पछिल्लो पटक उत्पादन क्षेत्रको शिवम् सिमेन्टले उद्योग प्रभावित मकवानपुर जिल्लाबासीका लागि साधारण शेयर बिक्री गर्यो । तर अपेक्षाअनुसार माग परेन ।

सो उदोगको साधारण सेयर अत्यन्त न्यून मात्र बिक्री भएको छ । वास्तविक क्षेत्रको कम्पनीको रुपमा प्रिमियम मूल्यमा जारी भएको उक्त आइपिओमा स्थानीयको रुचि नदेखिएपछि निष्काशनको २३ प्रतिशत मात्र बिक्री भएको बताइएको छ । तर शिवम् सिमेन्टले भने यसबारेमा केही बताएको छैन ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारीअनुसार भदौ ११ गतेसम्म रु ६ करोड ७ लाख २३ हजार बराबरको दुई लाख दुई हजार ४१० कित्ता सेयर मात्र बिक्री भएको छ । जुन निष्काशन भएको ८ लाख ८० हजार कित्ताको २३ प्रतिशत मात्र हो ।

आईपिओमा न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाइने व्इवस्था गरिएको थियो ।

शेयर बजार घटेको बेला प्रिमियम मूल्यमा शेयर बिक्री गर्दा कम बिक्री भएको टिप्पणी पनि गरिएको छ ।
कम्पनीले अब आम सर्वसाधारणका लागि शेयर बिक्री गर्ने तयारी गरेको छ । सो समयमा मात्रै सो कम्पनीको शेयरको अवस्था कस्तो रहला भन्ने निक्र्योल हुन जाने दबताइन्छ ।

स्थानीयका लागि शिवमले उद्योग प्रभावितहरुका लागि प्रतिकित्ता रु १०० मूल्यमा रु २०० प्रिमियम थपेर रु ३०० मा साधारण शेयर बिक्री गरेको थियो ।

सर्वसाधारणका लागि भने कम्पनीले स्थानीयको आईपिओ बाँडफाँड पश्चात रु ३०० प्रिमियम सहित प्रतिकित्ता रु ४०० दरमा दोस्रो चरणमा बिक्री गर्ने तयारी गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको