Like us!
Follow us!
Connect us!
Watch us!

करिब पाँच अंकले घट्यो बजार

बुधबार, १३ भदौ २०७५, १६ : ०६ मा प्रकाशित

करिब पाँच अंकले घट्यो बजार

अर्थ संसार, काठमाडौं– मंगलबार सामान्य अंकले वृद्धि भएको शेयर बजार आज भने करिब पाँच अंकले घटेको छ । आज बजार ४.७९ बिन्दुले घटेर एक हजार १७२ बिन्दुमा झरेको छ ।

आज रु १९ करोड २१ लाख ५६ हजार ३२६ मूल्यमा ६ लाख ४ हजार ४३८ कित्ता शेयर खरिद बिक्री भएको छ ।  कूल १६३ कम्पनीको कारोबार भएको हो ।

आज  कारोबारमा भएका सबै समूहमा गिरावट आएको छ । जीवन बीमा समूह ३९.१८ अंकले घटेको छ ।
त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने ०.८० अंकले घटेर २ ४७ .८१ अंकमा झरेको छ ।

आज  नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर सबैभन्दा बढी कारोबार भएको छ ।  सो बैंकको रु  १ करोड ३२ लाख २ हजार ८९० बराबरको शेयर कारोबार भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको