आजबाट अंग्रेजी नयाँ वर्ष शुरु भएको छ । योसँगै सन् २०१६ मा भएका विभिन्न घटनाक्रमको विश्लेषण पनि गर्न थालिएको छ । २०१६ मा बलिउड र हलिउडमा अत्यन्त धेरै ब्रेकअप भए । त्यस्तै, कलाकारहरूबारे ट्रोलहरू पनि निकै बने । एजेन्सीको सहयोगमा तयार पारिएको सन् २०१६ का १० घटना :
१. वर्षको सुरुवातमै अभिनेत्री क्याटरिना कैफ र रणवीर कपुरको ब्रेकअपको खबर निकै चर्चामा रह्यो । वर्षभर यो ब्रेकअपबारे अनेक गसिप बने, अनेक समाचार आए, तर ब्रेकअपको खास कारण अहिलेसम्म थाहा भएको छैन । यो नयाँ वर्षमा उनीहरूको एउटा फिल्म आउँदै छ– जग्गा जासुस ।
२. सन् २०१६ मै हलिउड जोडी ब्राड पिट र एन्जेलिना जोलीको ब्रेकअपले सबैलाई चकित पारिदियो । प्रेमको पर्यायका रूपमा पनि चिनिने यो जोडीको ब्रेकअप सुरुमा सुन्दा कसैले पनि पत्याउन सकेन । त्यस्तै, २०१६ मा मलाइका अरोडा तथा अरबाज खान, फरहान अख्तर तथा अधुना भवानीको पनि ब्रेकअप भयो ।
३. बलिउड अभिनेता सलमान खान हरेक वर्ष चर्चामा आउँछन्, चाहे फिल्म रिलिज होस् या नहोस् । २०१६ मा उनको फिल्म ‘सुल्तान’ आयो, तर त्यसअघि नै उनको अभिव्यक्तिका कारण उनका बाबु सलिम खानले नै माफी माग्नुपर्यो । सुल्तानको सुटिङ गर्दा आफूलाई बलात्कृत महिलाको जस्तो महसुस भएको भन्ने सलमानको अभिव्यक्ति आलोचित भयो ।
४. बलिउडमा २०१६ मा चर्चामा रहेको अर्को विषय हो, अभिनेत्री कंगना रनौट र अभिनेता ऋतिक रोशनको विवाद । निकै लामो समय चलेको यो विवादको खास कारणचाहिँ कसैलाई पनि थाहा छैन । केही दिनअघि मात्र एक पत्रिकालाई अन्तर्वार्ता दिँदै ऋतिकका बाबु राकेशले भने, ‘ऋतिकले वास्तविकता भन्ने हो भने सबैजना अचम्ममा पर्छन् ।’ तर, राकेशले कंगनाको नाम लिएका थिएनन् । कंगनाले पनि राकेशको नाम नलिई केहीअघि नै भनेकी थिइन्, ‘ऊ ४३ वर्षको केटा हो । आफ्नो विवाद आफैँ सम्हाल्नुपर्छ, बाबुले उसको बचाउ गरेको सुहाउँदैन ।’
५.सन् २०१६ ट्रोलिङका कारण पनि अत्यन्त चर्चामा रह्यो । सामाजिक सञ्जालमा विवादित बने, वर्षकै सुरुमा अभिनेता आमिर खान । उनले असहिष्णुताबारे दिएको अभिव्यक्तिमाथि अनेक किस्सा बने, अनेक जोक बने । कतिसम्म भने उनलाई ‘गो टु पाकिस्तान’ भनेर ट्रेन्ड नै चलाइयो ।
६. सन् २०१६ मा बलिउडको अर्को विवाद भनेको फिल्म ‘उडता पन्जाब’को रिलिज पनि हो । यो विवाद कति चर्कियो भने कतिले त यसमाथि नै अर्को फिल्म बन्न सक्ने घोषणा नै गरे ।
७. करण जौहरको फिल्म ‘ए दिल है मुस्किल’मा पाकिस्तानी अभिनेता फवाद खानले काम गरेका थिए । भारत–पाकिस्तानको बढ्दो विवादका कारण यो पनि चर्चामा रह्यो । महाराष्ट्र नवनिर्माण सेनालगायत अन्य संगठनले यो फिल्म रिलिज गर्न नदिने बताए । यो विवाद कतिसम्म बढ्यो भने भारतीय निर्माता तथा निर्देशकले पाकिस्तानी कलाकार लिएर फिल्म नै नबनाउने बताए ।
८. सामाजिक सञ्जालमा यो वर्ष अर्को विषय पनि चर्चामा रह्यो । त्यो हो– अभिनेत्री करिना कपुर तथा सैफअली खानका छोराको नाम । उनीहरूले छोराको नाम ‘तैमुर’ राखेको समाचार आएलगत्तै सामाजिक सञ्जालमा उनीहरूमाथि व्यापक टिप्पणी गरियो ।
९. सन् २०१६ मा मिडियाले कलाकारको व्यक्तिगत जीवनबारे धेरै पछ्याए । बलिउडमा धेरै फलो गरिएकी अभिनेत्रीमध्ये एक हुन्, सनी लियोन । उनलाई एक कार्यक्रममा सोधियो, ‘तपार्इं आमिर खानसँग काम गर्न चाहनुहुन्छ कि आमिर तपार्इंसँग रु’ सनीले जुन उत्तर दिइन्, त्यसले उनलाई नयाँ ढोका खोलिदियो । सनीले त्यही उत्तरका कारण साहरुख खानको फिल्म ‘रइस’मा काम गर्ने मौका पाइन् । यो वर्ष रिलिज हुने यो फिल्मको एउटा गीतमा सनी देखिनेछिन् ।
१०. सामाजिक सञ्जालमा कलाकारबारे अनेक ट्रोल मात्र बनेनन् । कलाकारले सामाजिक सञ्जालमा सोझै देशको नेतृत्वसँग गरेका प्रश्न पनि बलिउडमा चर्चामा रहे । अभिनेता अभिताभ बच्चन र अभिनेत्री ऐश्वर्या राय बच्चनको ‘पानामा पेपर्स’ विवादमा नाम जोडियो जुन सामाजिक सञ्जालमा व्यापक चर्चामा रह्यो । त्यस्तै, हास्यकलाकार कपिल शर्माले ट्विटरमा सोझै प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘के तपार्इंको राम्रो दिन भनेको यही हो ?
नयाँ पत्रिकाबाट
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस