अर्थ संसार, काठमाडौं– प्रभु इन्स्योरेन्स लिमिटेडले (आज) आइतवारदेखि हकप्रद शेयर लिलामीमा ल्याएको छ ।
कम्पनीले संस्थापक र सर्वसाधारणको गरी कुल १ लाख ३७ हजार १६ दशमलव ६४ कित्ता हकप्रद शेयर आइतबारदेखि लिलामीमा विक्री खुला गरेको हो ।
यस अघि असार ८ देखि साउन १० गतेसम्म हकप्रद शेयर विक्री खुला गरी आवेदन माग गरेकोमा संस्थापक तर्फको १५ हजार ८ सय ६१.७६ कित्ता र सर्वसाधारण तर्फको १ लाख २१ हजार १ सय ५४.८७ कित्ता शेयर वितरण हुन सकेको थिएनन् ।
यस शेयर लिलामीमा खरीद गर्न इच्छुकहरुले न्यूनतम मूल्य प्रतिशेयर १ सय तोकेको हुँदा सोभन्दा बढीको मूल्य अङ्कित गरी बोलकबोल गनूपर्नेछ । आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १ सय कित्ताको लागि र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस