Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफको हकप्रदमा आवेदन दिनुभयो ? आज अन्तिम दिन

मंगलबार, १९ भदौ २०७५, ०८ : ३५ मा प्रकाशित

नेशनल लाइफको हकप्रदमा आवेदन दिनुभयो ? आज अन्तिम दिन

अर्थ संसार,  काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रदमा आवेदन दिने  आज (भदौ १९) अन्तिम दिन रहेको छ ।

कम्पनीले साउन १ गतेदेखि १०ः६ अनुपातमा प्रति शेयर एक १ सय अङ्कित दरको ९९ लाख ३६ हजार ४ सय ७७.५० कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

हकप्रद शेयर खरीदका लागि कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैङक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखाबाट आवेदन दिन सकिनेछ ।

 हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले असार २२ गते बुक क्लोज गरेकाले असार २१ गतेसम्म शेयर स्वामित्व भएका शेयरधनीले यो हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको