Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारको उकालो यात्रा जारी, ५२ करोडको कारोबार हुँदा बढ्ने र घट्ने कम्पनी यस्ता छन्

मंगलबार, १९ भदौ २०७५, १५ : २२ मा प्रकाशित

शेयर  बजारको उकालो यात्रा जारी,  ५२ करोडको कारोबार हुँदा बढ्ने र घट्ने कम्पनी यस्ता छन्

हेरौं, आजको सेयर तालिका

अर्थ संसार, काठमाडौं– यो साताको पहिलो दिनदेखि निरन्तर उकालो लागेको सेयर बजारले (आज) मंगलबार पनि उकालो यात्रा  कायमै राखेको छ । आज ३.९८ अंकले बढेको बजारमा १७२ वटा कम्पनीको १७ लाख ५५ हजार ५८७ कित्ता सेयर खरिदविक्री हुँदा ५२ करोड १९ लाख २२ हजार ५७२ रुपैयाँको कारोबार भएको छ ।

कारोबार भएको समूह मध्ये ६ वटा समूह उकालो लाग्दा १२१०.२३ विन्दुमा पुगेकोे छ ।  क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.९९ अंकले बढेको छ । कारोबार भएको समूह मध्ये सवै भन्दा बढी  होटल समूह १६ अंकले बढेको छ ।

बजारमा  आज सवै भन्दा धेरै कावेली विकास बैंकका लगानीकर्ताले आफ्नो आम्दानी ९ प्रतिशत बढीले बढाएका छन् । यता,  सवै भन्दा धेरै अरुण कावेली पावर लिमिटेडका लगानीकर्ताले आफ्नो आम्दानी ३ प्रतिशतले गुमाएका छन् । सामान्य अंकले बढेको बजारमा बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारको छ ।

बढ्ने कम्पनीहरु

घट्ने कम्पनीहरु

5b8e555d29607.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको