Like us!
Follow us!
Connect us!
Watch us!

अपर तामाकोशीको IPO भर्ने अन्तिम मौका, कहाँबाट आवेदन दिने ?

विहीबार, २१ भदौ २०७५, ०८ : ४९ मा प्रकाशित

अपर तामाकोशीको IPO भर्ने अन्तिम मौका, कहाँबाट आवेदन दिने ?

अर्थ संसार, काठमाडौं- अपर तामाकोशीको आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयवासीको लागि निश्कासन गरेको साधारण सेयर (आइपिओ) मा आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ ।

कम्पनीले साउन १६ गतेदेखि स्थानिय वासिन्दाको लागि १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । स्थानिय वासिन्दाले न्यूनतम ३० कित्ता र अधिकतम ३ सय कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यसअघि कम्पनीले भदौ १४ गतेसम्मका लागि आवेदन दिने समय तोकेकोमा आवेदकहरुको अत्यधिक चापको कारण आवेदन दिने समयावधि थप गरेको हो । सेयर विक्री प्रबन्धक नागरिक लगानी कोष र सह निष्कासन तथा विक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले पहिलो चरण सेयर बाँडफाँड गरेपछि सर्वसाधारणको लागि १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । सर्वसाधारणले भने न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्ता सम्म आवेदन दिन सकिने छ ।

कहाँबाट आवेदन दिने

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि आस्बा सेवामा सहभागि बैङ्क तथा वित्तीय संस्था र तिनका शाखाहरुबाट पनि आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको