अर्थ संसार, काठमाडौं– धितोपत्र बजारमा २ अर्ब ८८ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जा अुनसार यस साता १९३ वटा कम्पनीको कूल १ करोड २ लाख ५५ हजार ६ सय ८० कित्ता शेयर खरिद विक्री भएको छ ।
गत साताको भन्दा २५९.३४ प्रतिशत बढी हो । गत साता १८० कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ११७८८ कारोबारबाट ८० करोड ३० लाख सात हजार रुपैयाँ बराबरका २५ लाख ४२ हजार सात सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८.५५ अंकले बढेर २६०.३५ अंकमा आईपुगेको छ ।
यस साता कारोबार रकम (२२ करोड ५० हजार रुपैयाँ) को आधारमा एनएमबि बैंक लिमिटेड सेयर अग्रस्थानमा रहेको छ ।
सातामा सर्वाधिक रकमको कारोबार भएका ५ कम्पनीहरु
त्यसैगरी कारोबार भएको सेयर संख्या (छ लाख ६४ हजार कित्ता) र कारोबार संख्या (१५४६ वटा) को आधारमा पनि एनएमबि बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । यसैगरी समूहगत परिसूचकहरुको उतारचढाव यस प्रकार रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस