अर्थ संसार, काठमाडौं– गत हप्ता एकाएका उचालिएको शेयर बजार (आइतबार) आज ओरालो लागेको छ । आइतबार कारोबार शूरुदेखि नै शेयर बजार यो समाचार बनाउँदासम्म ओरालो यात्रामा छ । उकालो लागेको शेयर बजार एकाएक ओरालो लागेपछि नेपाल पुँजीबजार लगानीकर्ता संघको ध्यानाकर्षण भएको छ ।
संघले सामाजिक संजाल मार्फत लगानीकर्तालाई हल्लाको पछाडि लागेर अहिले बाली खाने बेलाका शेयर कौडिको मूलयमा बेचर बजारबाट नभाग्न सवै लगानीकर्तालाई आग्रह गरेको छ । लगानीकर्ताको विज्ञप्ती जस्ताको तस्तै :
अहिले शेयर बजारमा केही ब्यक्ति कुनै समूहबाट परिचालित भएर नेप्से ९०० मा आउँछ भन्दै हल्ला गर्दै हिडेका कुराहरु सामाजिक संजालमा आईरहेकाछ्न । यस्ता कुराहरु प्रती हाम्रो संघको गम्भीर ध्यानाकर्षण भएको छ । त्यस्ता ब्यक्तिका पछाडी लागेर साच्चिकै बजार ९०० मा आउने हो कि भन्ने हल्लाको पछाडि लागेर अहिले बाली खाने बेलाका सेयर कौडिको मुल्यमा बेचेर बजारबाट भागने काम नगर्नुहोस् । अब बजार घटनु पर्ने कुनै कारण छैन सबै कुरा सकारात्मक हुदै आएका छ्न । हकप्रदको बाढी क्रमिक रुपमा कम हुदै गएको छ ।
धमाधम कम्पनीहरुले गत आर्थिक बर्षको मुनाफाबाट बोनस घोषणा गर्न सुरु गरिसकेका छ्न । समग्रमा कम्पनीहरुको वित्तीय प्रतिवेदन ज्यादै राम्रो आएको छ । बैंकहरुले ब्याजदर घटाउन सुरु गरिसकेका छ्न । बजारका प्रमुख दुई दुश्मन उच्च ब्याजदर र अधिक सेयर आपूर्तिको समस्या समाधान हुदै गएको छ । अब छिटै फुल अन्लाईन ट्रेडिङ आउदैछ ।
बैंकलाई ब्रोकर लाइसेन्स दिने कामको प्रक्रिया सुरु हुदैछ । त्यसकारण तपाईहरु नेप्सेको सुचक र हल्लाको पछाडि नदौडी कम्पनीहरुको आर्थिक प्रगति के कस्तो हुदै छ ? यो बर्ष कति बोनस दिन सक्ने हैसियत राख्दछ भनेर कम्पनीको वित्तीय प्रतिवेदन बुझ्ने तिर लाग्नुहोस भन्ने हाम्रो बिनम्र अनुरोध छ ।
यसरी बजारकालागि सबै वातावरण अनुकुल हुदाहुदै पनि अब बजार घटनु पर्ने कुनै कारण छैन । केही तत्तवहरु जो सेयर बेचेर बसेका छ्न तिनीहरुले बजारका केही ब्यक्तिलाई प्रयोग गरेर बजारमा नानाथरी हल्ला फिजाएर बजार घटाएर सस्तो मुल्यमा ठूलो प्ररिमाणमा सेयर उठाउने दाउमा लागीपरेकाछ्न । यसरी लगानीकर्ताको मनोबल घिराउने गरि जथाभावी नकारात्मक कुरा गर्दै हिडने तत्तवहरुलाई नियामक निकायले नियम संगत तुरुन्तै कार्वाही गरोस भन्ने हाम्रो संघको माग छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस