Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से ८ अंकले घट्दा २७ करोडको कारोबार, कमाउने र गुमाउने कम्पनी यस्ता छन्

सोमबार, २५ भदौ २०७५, १६ : १५ मा प्रकाशित

नेप्से ८ अंकले घट्दा २७ करोडको कारोबार, कमाउने र गुमाउने कम्पनी यस्ता छन्

अर्थ संसार, काठमाडौं–  धितोपत्र बजार (आज) सोमबार पनि पुनःओरालो लागेको छ । आइतबार दोहारो अङ्कले घटेको बजार आज ८.१ बिन्दुले घटेर एक हजार २१० मा झरेको छ ।

‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई अङ्कले घटेर २५६.१६ बिन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६२ कम्पनीको ११ लाख ५९ हजार २७२ कित्ता शेयर  २७ करोड ७४ लाख २२ हजार ९६७ मूल्यमा खरिद बिक्री भएको छ ।

दुई उपमूहको शेयर बढ्दा अरु उपसमूहको शेयर भने ओरालो लागेको छ । उत्पादन २४.६८ र माइक्रोफाइनान्स १३.३१ बिन्दुले बढेको छ ।

यस्तै बैंकिङ ९.६३, होटल ४५।९५, विकास बैंक १०.२८, जलविद्युत् १०.७५, फाइनान्स ३.३२, निर्जीवन बीमा ५८.५९, अन्य ३.६७ र जीवन बीमा २०.१८ बिन्दुले घटेको छ ।सामान्य अंकले घटेको बजारमा  कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारका छन् ।

कमाउने कम्पनीहरु


गुमाउने कम्पनीहरु

5b964933db700.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको