अर्थ संसार, काठमाडौं– रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट आफ्ना शेयरधनीलाई बोनस शेयर र नगद लाभांश दिने घोषणा गरेको छ ।
भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनिहरुलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनश शेयर र सो बोनश शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावि लभांश कम्पनीको वार्षिक साधारणबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।हाल कम्पनीको चुक्ता पुँजी ५० करोड १० लाख रहेको छ । यो बोनश बितरणपछि कम्पनीको चुक्ता पुँजी ५३ करोड ११ लाख रुपैयाँ पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस