अर्थ संसार, काठमाडौँ– शेयर बजारमा आज दोहोरो अंकको वृद्धि भएको छ । यो पछिल्लो दिमना भएको यस साताकै उच्च वृद्धि हो ।
नेपाल स्टक एक्सचेञ्जकाअनुसार शेयर कारोवार मापक नेप्से परिसूचक १४.१३ अंकले वृद्धि भई एक हजार २४४ बिन्दुमा पुगेको छ ।कूल १७३ कम्पनीको रु ७२ करोड ९८ लाख ५ हजार ५४६ रुपैयाँको शेयर किनबेच भएको छ ।
स्टककाअनुसार आज बैंकिङ १६.२, होटल ३२.१९ , विकास बैंक ११.२७, जलविद्युत ४.५३, फाइनान्स २.२, उत्पादन २.०६ र अन्य २२.२९ विन्दुले शृद्धि भएको छ । यता निजीर्वन लाइफ इनस्योरेनस ४१.४१, माइक्रोफाइनान्स ०.६९ र लाइफ इनस्योरेन्स ११.१८ विन्दुले घटेका छन् ।
कारोबारका आधारमा यस दिन एनएमबी बैंकको शेयर कारोबार आज अग्रस्थानमा रहेको छ । त्यस्तै नेपाल सेवा लद्युवित्त वित्तीय संस्था झण्डै १० प्रतिशतले बढेको छ ।बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारका छन् ।
बढ्ने कम्पनीहरु
घट्ने कम्पनीहरु
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस