अर्थ संसार, काठमाडौँ– धितोपत्र बजारलाई पूर्णरुपमा अनलाइन प्रणालीमा लैजान अझै दुई महिना लाग्ने भएको छ ।
अनलाइन कारोबार प्रणालीको परीक्षण शुरु भएको जानकारी दिन सोमबार नेपाल स्टक एक्चेञ्जमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आगामी दुई महिनापछि मात्रै शेयर कारोबार पूर्णरुपमा अनलाइनमा हुनेछ ।
निर्धारित समयमा आवश्यक भौतिक पूर्वाधार तथा तयारी हुन नसक्दा पूर्णरुपमा कारोबार अनलाइनमार्फत हुन नसकेको स्टकका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिनुभयो ।
‘डाटा सेन्टर’ तयारीका लागि थप समय लाग्ने भएकाले पूर्णरुपमा अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याउन समस्या भयो, परीक्षणको रुपमा ‘मोक ट्रेडिङ ’ मात्रै शुरु भएको छ’ प्रमुख कार्यकारी अधिकृत साउदले भन्नुभयो ।
परीक्षण गर्न मात्रै कम्तिमा डेढ महिना लाग्ने देखिएको छ । शेयर दलाल कम्पनीले पनि टाडा सेन्टर बनाउन स्टकले निर्देशन दिएको छ ।
दलाल कम्पनीले आफ्नै डाटा सेन्टर तयार गर्नसक्ने वा सामूहिक रूपमा पनि तयार गर्नसक्ने व्यवस्था गरिएको छ । परीक्षणका रुपमा मङ्गलबारदेखि लगानीकर्तालाई अभ्यस्त बनाउन लागिएको स्टकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस