अर्थ संसार
काठमाडौं–कुमारी बैंकले ५० प्रतिशत हकप्रद सेयर निस्कासन गर्न अनुमति दिन नेपाल धितोपत्र बोर्डमा निवेदन गरेको छ ।सुरुमा एनसीसी बैंकसँग गर्ने सम्झौता गरेको कुमारीको साधारणसभाले मर्जर प्रक्रिया अस्वीकार गरेपछि अन्य वित्तीय संस्थालाई किन्ने र हकप्रद निस्कासन गरेर राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउने योजना बनाएको छ ।
बैंकको चुक्ता पूँजी २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ छ । पचास प्रतिशत हकप्रद वितरणपछि बैंकको पूँजी ४ अर्ब नाघ्ने छ । कुमारी बैंकले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई प्राप्ति गर्ने सम्झौता गरिसकेको छ । अहिले निस्कासन गर्न लागेको हकप्रद यी संस्थालाई प्राप्त गर्नुअघिको हो । हकप्रद र अरु ४ कम्पनीलाई किनेपछि कुमारीको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ नाघ्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस