अर्थ संसार, काठमाडौं- कालिका पावरले निश्कासन गरेका साधराण शेयर (आइपीओ ) बुधबार (आज) बाँडफाँट हुँदैछ ।
बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केटका अनुसार केही समयपछि ग्लोबल आइएमई क्यापिटलको कार्यालय जमल काठमाडौंमा बाँडफाँट हुने तय भएको छ ।
कम्पनीले निश्कासन गरेको आइपिओमा १ लाख १८ हजार ९५६ जनाले आवेदन दिएका थिए । त्यसमध्ये गोलाप्रथाबाट १ लाख ११ हजार ६०० जनाले १० कित्ताका दरले मात्र सेयर हात पार्नेछन् । बाँकी ७ हजार ३५६ जनाको हात खाली हुने भएको छ ।
कालिकाको आइपीओमा कुल ८० लाख ६ हजार ९९० कित्ता सेयरका लागि ८० करोड ६ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।कालिकाले भदौ २८ गतेदेखि असोज १ गतेसम्म १२ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।
जसमा २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी रहेको ११ लाख १६ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।
IPO रिजल्ट यसरी हेर्न सक्नुहुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस