अर्थ संसार, काठमाडौँ– सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै यहाँको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ ।
घोराही उपमहानगरपालिका –१५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शिक्षित बेरोजगार युवालाई स्वरोजगार बनाउन यस्तो खालको नीति ल्याइएको जनाएको छ ।
शिक्षित भएर पनि अर्थाभाव भएका र कुनै नयाँ व्यवसाय गर्न चाहने युवाका लागि ऋण दिन शुरु गरिएको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिनुभयो ।
शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति संस्थाको साधारसभाले पारित गरिसकेको र कार्यान्वयनका लागि शहरी रोजगार तथा शहरी प्रवद्र्धन शाखाको अनुमोदन गराएर स्वीकृति लिएपछि कार्यान्वयनमा जाने अध्यक्ष शर्माले बताउनुभयो ।
एसइइ उत्तीर्ण भएकालाई रु २५ हजार, प्लस टु गरेकालाई रु ५० हजार, स्नातक गरेकालाई रु तीन लाख र स्नातकोत्तर गरेकालाई रु पाँच लाखसम्म कर्जा दिइने भएको छ । सोका लागि संस्थाले रु ५० लाख बजेट छुट्याइसकेको सहकारीका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस