Like us!
Follow us!
Connect us!
Watch us!

लेकसाइडको होटल स्नोल्यान्डको  ‘पोखरा टुर प्याकेज’, ५ हजारमा ३ दिन बस्ने ब्यवस्था

शुक्रबार, २२ पुस २०७३, १५ : ३३ मा प्रकाशित

लेकसाइडको होटल स्नोल्यान्डको  ‘पोखरा टुर प्याकेज’, ५ हजारमा ३ दिन बस्ने ब्यवस्था

अर्थ संसार

काठमाडौं–अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको बाराहीचोकस्थित होटल स्नोल्यान्डले स्वदेशी पाहुनाका लागि विशेष प्याकेज घोषणा गरेको छ । होटलले २ रात ३ दिनका लागि ५ हजार रुपैयाँको प्याकेज ल्याएको सञ्चालक गणेशबहादुर थापाले जानकारी दिए । उनले शुलभ दरमा पोखरा भ्रमण प्याकेजको व्यवस्था मिलाएको बताए । उक्त प्याकेजमा एयरपोर्ट वा बस स्टेसनबाट होटलसम्म लैजाने, स्नोल्यान्डमा २ रात सुविधा सम्पन्न कोठामा राख्ने र विहानको नास्ताको सुविधा छ ।

प्याकेजको पहिलो दिन सराङकोट, विन्ध्यवासिनी मन्दिर, महेन्द्र गुफा, चमेरे गुफा, सेती खोँच, गोर्खा स्मारक, पूरानो पोखरा र बजार क्षेत्र घुमाइन्छ । दोस्रो दिन बाराही मन्दिर, कोमागाने पार्क, केदारेश्वर मन्दिर, रक गार्डेन, विश्व शान्ति स्तुप, डेभिज फल, गुप्तेश्वर गुफा घुमाइने सञ्चालक थापाले बताए ।

पाहुनाले साँझपख फेवातालको वरपर डुलेर आनन्द लिन सक्छन् । विभिन्न स्थानमा लाग्ने प्रवेश शुल्क, डुंगा भाडा, बिहान र बेलुकीको खाना, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, बेगनास र रुपाको यात्रा भने प्याकेजमा समावेश छैन । उल्लेखित प्याकेज होटलको वेभसाईट www.hotelsnowlandpokhara.com  , होटलको टेलिफोन ०६१ ४६२५७२०६१ ४६२३८४ मा सम्पर्क गरि वुकिङ गर्न सकिने थापाले बताए । 

प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जी जम्प, क्यानोनिङ, जिप फ्लायरको लागि होटल स्नोल्यान्डबाटै बुक गर्ने सुविधा छ ।२०२९ सालमा स्थापना भएको होटल स्नोल्यान्ड पोखराकै जेठो पुस्ताको होटल हो । दुई तारे स्तरको यस होटलमा ४२ कोठा छन् ।

586f68d9de478.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको