Like us!
Follow us!
Connect us!
Watch us!

आँखुखोला जलविद्युतको आईपीओ बाँडफाँट हुँदै, कसरी हेर्ने ?

आइतबार, ११ कार्तिक २०७५, ०८ : ३४ मा प्रकाशित

आँखुखोला जलविद्युतको आईपीओ बाँडफाँट हुँदै, कसरी हेर्ने ?

अर्थ संसार,  कठमाडौं– आँखुखोला जलविद्युत कम्पनीको आईपीओ (आज) आइतवार बाँडफाँट हुने भएको छ ।

आईपीओ निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटलले आइतवार विहान ११ बजे आईपीओ बाँडफाँट गर्ने तयारी भएको बताएको हो । कम्पनीले असोज २३ देखि असोज २६ गतेसम्म सर्वसाधारणका लागि १३ लाख ७६ हजार २० कित्ता आईपीओ विक्री खुला गरेको थियो ।

यस आईपीओमा ८३ हजार ३ सय १६ जना आवेदकले ५६ लाख ६६ हजार ५ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । रितपूर्वक आवेदन नगर्दा ६१ जना आवेदकले माग गरेको १६ हजार २ सय ८० कित्ताको आवेदन रद्ध भएको छ ।

कम्पनीले यसअघि गत साउन १७ देखि भदौ १५ गतेसम्म आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयलाई जारी गर्दा वितरण हुन नसकेको १ लाख ७६ हजार २० कित्ता समेत जोडेर सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो ।

स्थानियलाई ८ लाख कित्ता आईपीओ जारी गर्दा ६ लाख २३ हजार ९ सय ८० कित्ताका लागि मात्र आवेदन परेको थियो ।

सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेपश्चात कम्पनीको चुक्ता पूँजी रू। ८० करोड पुग्नेछ । कम्पनीले आँखुखोलाको पानीबाट ८ दशमलव ४ मेगावाट जलविद्युत उत्पादन गर्ने उदेश्य अनुरुप २०७० साल भदौ ८ गतेदेखि व्यावसायिक उत्पादन शुरु गरेको हो ।

कसरी हेर्ने आइपिओको रिजल्ट ?

आइपिको रिजल्ट हेर्नको लागि हामीलाई यो पेजमा लाइक गर्नुहोला ।

पेजको लागि यहाँ क्लि गर्नुहोस्

रिजल्ट आउन साथ हामी यो पेजमा हाल्नेछौँ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको