अर्थ संसार, काठमाडौं– आँखुखोला जलविद्युत कम्पनीले निश्कास गरेको साधारण शेयर (आइपिओ) आइतबार बाँडफाँड भएको छ ।
बिक्री प्रबन्धक सिभिल महल स्थित सिभिल क्यापिटलको कार्यालयमा भएको शेयर बाँडफाँडमा ८३ हजार ३ सय १६ जनाले शेयर पाएका छन् भने ६१ जनाको शेयर रद्ध भएको छ । आइपिओ पाउने मध्ये ३५ हजार ९ सय १६ आवेदकले १० कित्ता र ४७ हजार ४ सय आवेदकले २० कित्ता शेयर पाएका छन।
कम्पनीले असोज २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणलाई १३ करोड ७६ लाख दुई हजार रुपैयाँको १३ लाख ७६ हजार २० कित्ता आइपिओ निष्काशन गरेको थियो । कुल सेयर मध्ये ६८ हजार ८०१ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५२० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको थियो भने सर्वसाधारणलाई बाँकी १२ लाख ७९ हजार ६९९ कित्ता छुट्याइएको थियो।
हाल कम्पनीको चुक्ता पुंजी ६० करोड रहेकोमा आईपिओ पश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैंया पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस