Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार दोहोरो अङ्कले घट्यो, ३२ करोडको कारोबार

आइतबार, ११ कार्तिक २०७५, १६ : २४ मा प्रकाशित

शेयर बजार दोहोरो अङ्कले घट्यो, ३२ करोडको कारोबार

अर्थ संसार, काठमाडौँ–  धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ । कारोवार शुरु भए लगत्तैदेखि आरोलो लाग्न शुरु गरेको बजार बन्द हुँदासम्म कारोवार मापक सूचक नेप्से १४ दशमलब ७३ विन्दुले झरेर एक हजार २२६ दशमलब ३८ विन्दुमा पुगेको छ ।

प्रतिशतका आधारमा एक दशमलब १९ विन्दुले बजार ओरोलो लागेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३ दशमलब २३ विन्दुले आरोलो लागेर २६० दशमलब ७८ विन्दुमा पुगेको छ । नेप्से परिसूचक दोहोरो अङ्कले घट्दा कारोबार रकम भने सामान्य अवस्थामा नै छ । कूल १६० कम्पनीको ११ लाख ९७ हजार १०६ कित्ता शेयर ३२ करोड ६४ लाख ८३ हजार ६७३ मूल्यमा खरीद बिक्री भएको छ ।

बढ्ने र घट्ने समूहरु

आज बैंकिङ १६ दशमलब ८१, होटल १५ दशमलब एक, विकास बैंक १० दशमलब ६, जलविद्युत् नौ दशमलब ७५, वित्त ६ दशमलब ५, निर्जीवन बीमा ७९ दशमलब ७३, उत्पादन ३ दशमलब ७२, अन्य २ दशमलब ३७, माइक्रोफाइनान्स १४ दशमलब ९७ र जीवन बीमा ५४ दशमलब ११ बिन्दुले ओरालो लागेको छ ।

स्टककाअनुसार ओरालो लागेको बजारमा नेपाल सेवा लघुवित्त वित्तीय संस्था, रैराङ जलविद्युत् कम्पनीका शेयरधनीले कमाएका छन् भने आइएमइ जनरल इन्स्योरेन्स कम्पनी, युनाइटेड फाइनान्स कम्पनी र गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका शेयरधनीले गुमाएका छन् ।

यो पनि पढ्नुहोस्

मेरो माइक्रोफाइनान्सले १ः१ को अनुपातमा हकप्रद निश्कासन गर्ने, महाप्रबन्धक नेपाल आउट

हाई भोल्टेज पाँच प्रसारण लाइन बनाउँदै सरकार, कहाँ कहाँ बन्दैछन् ती लाइन ? (सूचीसहित)

आँखुखोला हाइड्रोको आईपिओ बाँडफाँड : ८३ हजार ३ सय १६ जनाको हातमा शेयर

भूकम्प पीडितलाई सरकारको नयाँ स्किम, २ % मा ऋण नदिएपछि ५ % तिरिदिएर १ अर्बको कोष खडा

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको