अर्थ संसार, काठमाडौं – अपर तामाकोशी जलविद्यत् आयोजनाले स्थानीय प्रभावितलाई वितरण गरेको शेयर बुधबार बाँडफाँड गरेको छ ।
आयोजना अति प्रभावित “क” वर्गमा कूल ५,०५० जना रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये ३० कित्ता देखि १०० कित्ता शेयर माग आवेदकहरुलाई माग बमोजिम तथा ११० कित्ता देखि ३०० कित्ता शेयर माग गर्ने सम्पूर्ण आवेदहरुलाई १०२ कित्ताका दरले जम्मा ५,१०,९५० कित्ता शेयर बाँडफाँट गरिएको हो ।
त्यसै गरी आयोजना प्रभावित “ख” वर्गमा कूल ८१,२३७ जना रितपूर्वन आवेदक दिने आवेदकहरु मध्ये ३० कित्ता देखि ४० कित्ता शेयर माग गर्ने आवेदकहरुलाई माग बमोजिम तथा ५० कित्ता देखि ३०० कित्ता शेयर माग गर्ने सम्पूर्ण आवेदहरुलाई ४८ कित्ताका दरले जम्मा ३७,७७,५८६ कित्ता शेयर बाँडफाँट गरिएको छ ।
दोलखा जिल्लाका अन्य बासिन्दाहरु “ग” वर्गमा रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये ३० कित्ता शेयर माग गर्ने आवेदकहरुलाई माग बमोजिम, ४० कित्ता शेयर माग गर्ने आवेदकहरुलाई ३२ कित्ता र सो भन्दा माथि ५० कित्ता देखि ३०० कित्ता शेयर माग गर्ने आवेदकहरुलाई ३४ कित्ताका दरले जम्मा ६२,९९,८६६ कित्ता शेयर बांँडफाँट गरिएको विक्री प्रबनधकले जनाएको छ ।
उपरोक्त अनुसार वितरण गरी बाँकी रहेको १,५९८ शेयर कित्ता दोलखा जिल्लाका अति प्रभावित “क” वर्गका ३०० कित्ता आवेदन दिने ४,१८६ जना आवेदकहरुलाई गोला प्रथाबाट थप १ कित्ता शेयर बाँडफाँट गरि कुल १,०५,९०,००० कित्ता शेयर मिति २०७५/०७/१४ गतेका दिन नियमन निकायहरुको प्रतिनिधिहरु, निष्काशन कम्पनी तथा निष्काशन तथा बिक्री प्रबन्धकहरुको उपस्थितिमा एक समारोह बीच आयोजनाका अति प्रभावित, प्रभावित र दोलखा जिल्लाका अन्य बासिन्दाहरुलाई क्रमश क : ख : ग वर्गमा वर्गिकरण गरी ३ : १.४ : १ को अनुपातमा बाँडफाँट गरिएको थियो ।
नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्व तथा सन्राइज क्यापिटल लिमिटेडको सह निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन गरिएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको रु.१००÷ अंकित दरको १,०५,९०,००० कित्ता शेयर दोलखा जिल्लाका बासिन्दाहरुको लागि खरीद आह्वान गरिएको थियो ।
आयोजना अति प्रभावित “क” वर्गमा कूल ५,०५० जना आवेदकहरु मार्फत १३,८८,३०० कित्ता शेयरको लागि आवेदन प्राप्त भएको, आयोजना प्रभावित “ख” वर्गमा कूल ८१,२४२ जना आवेदकहरु मार्फत १,२७,८१,२९० कित्ता शेयरको लागि आवेदन प्राप्त भएको र दोलखा जिल्लाका अन्य बासिन्दाहरु “ग” वर्गमा कूल १,८९,९२३ जना आवेदकहरु मार्फत २,३५,४२,३७० कित्ता शेयरको लागि आवेदन प्राप्त भई जम्मा २,७६,२१५ स्थानिय बासिन्दाहरुबाट ३,७७,११,९६० कित्ता शेयरको लागि आवेदन दिएको थियो ।
आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले सबैलाई समानुपातिक तवरले शेयर दिने लक्ष्यका साथ उपयुक्त विधि छनोट गरिएको बताए ।
आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर (आइपीओ) बिक्री गरेको ३ महीनापछि अपर तामाकोशी जलविद्युत् आयोजनाले शेयर बाँडफाँड गरिएको हो । आयोजनाले गत साउन १४ गतेदेखि भदौ १६ गतेसम्म दोलखावासीका लागि शेयर निश्काशन गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस