Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार : नेप्से र कारोबार रकम दुवै घट्यो

बुधबार, १४ कार्तिक २०७५, १५ : ३३ मा प्रकाशित

शेयर बजार : नेप्से र कारोबार रकम दुवै घट्यो

अर्थ संसार, काठमाडौं– धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अंकले घटेको छ । कारोबार मापक नेप्से परिसूचक २. ९ अंकले घटेर एक हजार १२१.४६ बिन्दुमा पुगेको छ ।

यस्तै क वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६५ बिन्दुले घटेर २५९.७८ बिन्दुमा पुगेको छ । आज कूल १६४ कम्पनकिो ६ लाख ८६ हजार ११५ कित्ता शेयर रु १६ करोड ७५ लाख ९९ हजार १९० मूल्यमा खरिद बिक्री भएको छ ।

आज विशेष गरी तीन उपसमूहको शेयर कारोबार भने वृद्धि भएको छ भने सात उपसमूहको शेयर घटेको छ ।
निर्जीवन ीमा ३०.०३, उत्पादन ३०.५७, अन्य ३.०१ बिबन्दुले बढ्दा बैंकिङ ५.४९, होटल १.०१, विकास बैंक ४.६१, जलविद्युत् ७.३७, फाइनान्स १.७७,माइक्रोफाइनान्स ७.३६ र जीवन बीमा ०.२४ बिन्दुले घटेको छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको