अर्थ संसार, काठमाडौँ–रसुवामा निर्माणाधीन रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि शेयर बिक्रीको प्रक्रिया शुरु गरेको छ ।
स्थानीयवासीलाई शेयर बिक्री नगरिकनै ती कम्पनीले सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेका हुन् । रसुवावासीले भूकम्पका कारण आफूहरु घर तथा आवास निर्माणमा लागेको र तत्काल १ अर्बभन्दा बढीको लगानी गर्न नसक्ने बताउँदै आएका छन् । रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख माधव कोइरालाले रु १ अर्ब २६ करोड ३१ लाख पाँच हजार बराबरको साधारण शेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीयवासीले आफूहरुलाई शेयर बिक्रीको समय पछाडि सारिदिन गरेको आग्रह नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएका छौँ ।
बोर्ड अनुमति दिने प्रक्रियामा छ ।” सो कम्पनीले रसुवावासीलाई ६८ करोड ४२ लाख १० हजार बराबरको साधारण शेयर बिक्री गर्नेछ । कूल ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनीले आगामी आवमा आयोजना निर्माण सक्ने जनाएको छ ।
यस्तै साञ्जेन जलविद्युत् कम्पनीले पनि सर्वसाधारणलाई शेयर बिक्री गर्ने भएको छ । स्थानीयवासीको मागका आधारमा आफ्नो कम्पनीले सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेको आयोजना प्रमुख किरण श्रेष्ठले जानकारी दिनुभयो ।
सो कम्पनीले रसुवामा १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन आयोजना निर्माण गरिरहेको छ । कम्पनीले सर्वसाधारणलाई रु ५४ करोड ७५ लाख तथा रसुवावासीलाई रु ३६ करोड ५० लाख बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । दुवै आयोजना आगामी आवभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस