शेयर निश्काशन गरेको पहिलो दिन कार्तिक १५ गते अर्थात विहीबार देशभरबाट ४१ हजार बढी आवेदकबाट ८२ लाख ३५ हजार भन्दा बढी कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक नागरिक लगानीकोषले अर्थ संसार डट कमलाई जानकारी दिएको छ । यो हिसाबले ८२ करोड ३५ लाख भन्दा बढीको आवेदन परेको देखिन्छ ।
१ अर्ब ५८ करोड बराबरको साधारण शेयर बिहीबारदेखि बिक्री खुल्ला भएको छ । धितोपत्र निश्कासन छिटोमा कात्तिक १९ गतेसम्म बन्द हुनेछ भने बढीमा मंसिर १४ गतेसम्म हुने छ ।उक्त शेयरका लागि न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
दोलखाको लामाबगरमा निर्माणाधिन माथिल्लो तामाकोशी आयोजनाले यसअघि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, आयोजनाका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरिसकेको छ ।
यस्तै आयोजना प्रभावित दोलखाबासीका ला
गत साउन १६ गतेदेखि गत भदौ २१ गतेसम्म पहिलो चरणमा शेयर बिक्री गरिसकेको छ । बुधबार स्थानीयवासीलाई विक्री गरेको शेयर बाँडफाँड समेत गरेको छ ।
तेस्रो चरणमा आयोजनाले आम सर्वसाधारणका लागि १ करोड ५८ लाखख ८५ हजार कित्ता शेयर बिक्री गरेको हो ।
कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको हालसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको छ । शेयर बिक्री प्रबन्त्रकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस