Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा अनलाइन प्रणालीको समस्या जस्ताको तस्तै, पुँजीबजार १३ करोडमा खुम्चियो

सोमबार, २६ कार्तिक २०७५, १५ : ३९ मा प्रकाशित

शेयर बजारमा अनलाइन प्रणालीको समस्या जस्ताको तस्तै,  पुँजीबजार १३ करोडमा खुम्चियो

अर्थ संसार, काठमाडौं– एक साता अघि तामझामका साथ पाँच तारे होटलबाट अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरिएको अनलाइन प्रणाली अतिबेला ब्रोकर र लगानीकर्तालाई भारी सावित भएको छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले १८ करोड ९४ लाख रुपैयाँ खर्चिएर ल्याएको अनलाइन प्रणालीलाई लिएर हिजोआज नेप्से र लगानीकर्ताविच चुहारी नै चल्न थालेको छ ।

अनलाइन कारोबारको माउस ब्रोकरले चलाउन नजानेको आरोप लगाएको छ भने यता, ब्रोकर र लगानीकर्ताले भने अनलाइन प्रणालीमै समस्या भएको भन्दै कराउँदै आएका छन् ।

नेप्सेले विना तयारी अनलाइन प्रणाली गर्दा लगानीकर्ता शेयर कारोबार गर्नबाट बञ्चित हुनु परेको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बताइन ।

यता, नेप्सेले सोमबार ब्रोकरलाई  अनलाइन कारोबार चलाउन जानेनन् भन्दै  नेप्सेले प्राविधिक खटाएर समस्या समाधानको प्रयास गर्दै  थियो ।

तर, त्यति हुँदा हुँदै भने बजार भने १३.३ अंकले घटेको छ ।   कारोबार भएको समूह मध्ये फाइनान्स समूह बढेपनि अरु समूह घटेका छन् ।

सोमबार पनि बजार १३ करोड ३७ लाख ७९ हजार ७९६ रुपैयामा समिति हुन पुगेको छ । जम्मा १३१ वटा कम्पनीको ४ लाख ४३ हजार ३५५ कित्ता शेयर खरिद विक्री भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको