आजको शेयर तालिका
अर्थ संसार, काठमाडौं– केही दिनअघि देखि निरन्तर ओरालो लागेको शेयर बजार (आज) मंगलबार भने एकाएक चमक छाएको छ । बजार आज १३.९७ अंकले बढेको छ ।
कारोबार भएको समूह मध्ये फाइनान्स समूहबाहेक अरु सवै समूहमा हरियाली छाएको छ । कुल १५० वटा कम्पनीको ६ लाख ५५ हजार ५९७ कित्ता शेयर खरिदविक्री हुँदा १७ करोड ४१ लाख ५५ हजार ३९० रुपैयाँको कारोबार भएको छ ।
क वर्ग सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३.३१ अंकले बढेको छ । कारोबार भएको समूहहरु हरियाली छाउँदा नेप्से इन्डेक्स १२०७.३१ विन्दुमा पुगेको छ ।
अनलाइन प्रणालीमा आएको समस्याले थलिएको शेयर बजारमा विस्तार उकालो लाग्न थालेको छ । अनलाइन प्रणालीको समस्या समधानसँगै शेयर बजारले पनि उकालो गति समत्न थालेको ब्रोकहरुले बताएका छन् ।
यो पनि पढ्नुहोेस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस