अर्थसंसार
काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल कम्युनिटि डेभलपमेन्ट बैंक कसमस डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । यस सम्बन्धि प्रारम्भिक सहमतिपत्रमा तीन बैंकका संचालकले हस्ताक्षर गरेका छन् ।
सहमतिपत्रमा सांग्रिला बैंकको तर्फबाट अध्यक्ष सुरेन्द्रबहादुर भारीजु, नेपाल कम्युनिटि डेभलपमेन्टका तर्फबाट अध्यक्ष पशुपति घिमिरे र कसमस बैंकको तर्फबाट अध्यक्ष टेकनाथ ढकालले हस्ताक्षर गरेका थिए ।
सांग्रिलाले यसपछि नेपाल राष्ट्र बैंकसँग ती बैंक प्राप्त गर्न अनुमति माग्ने छ । देशको विभिन्न २९ ठाउँमा शाखा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको केन्द्रिय कार्यालय काठमाडौंमा छ भने कम्युनिटि डेभलपमेन्ट बैंकको बुटवल र कसमस डेभलपमेन्ट बैंकको प्रधान कार्यालय गोरखामा छ । दुईवटा बैंक प्राप्त गरेपछि सांग्रिला बैंकको चुक्ता पुँजी १ अर्ब ८७ करोड रुपैयाँ पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस