हेरौं, आजको शेयर तालिका
अर्थ संसार, काठमाडौं– साताको पहिलो दिने (आज) आइतबार पुँजी बजार १०.१४ अंकले घटेको छ । कारोबार भएको १० वटा समूहमध्ये ९ वटा समूह ओरालो लाग्दा नेप्से १२०४.६३ विन्दुबाट ओरालो लागेर ११९४.८७ विन्दुमा आइपुगेको छ ।
कुल १४५ वटा कम्पनीको १० लाख ७९ हजार ४८८ कित्ता शेयर खरिदविक्री हुँदा ३३ करोड ३७ लाख ९६ हजार ९०२ रुपैयाँको कारोबार भएको छ । क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.२८ अंकले घटेको छ ।
कारोबार भएको समूहमध्ये व्यापार समूह ०.८४ अंकले बढेको छ । यता, बैकिङ १०.१६, होटल ०.२३, विकास बैंक ९.४३, जलविद्युत, १२.५८, फाइनान्स ३.९, निर्जीवन लाइफ इन्स्योरेन्स २९.८, अन्य ७.१, माइक्रोफाइनान्स ८.८८ र लाइफ इन्स्योरेन्स ४९ अंकले घटेको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
कमाउने कम्पनीहरु
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस