Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सले ४० प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?

सोमबार, ०३ मंसिर २०७५, १४ : २१ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सले ४० प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं– नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड आफ्ना शेयरधनीलाई ४० प्रतिशत बोनस दिने भएको छ । संस्थाले चालु आर्थिक वर्ष २०७४/७५ को मनुफाबाट आफ्ना शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

उक्त लाभांश सुरक्षित गर्न संस्थाले बुक क्लोजको मिति घोषणा समेत गरेको छ । कात्र्तिक १८ गते बसेको संचालक समितिको बैठकले आगामि मंसिर २८ गते हुने वार्षिक साधारणसभाको लागि मंसिर १५ गतेदेखि २८ गतेसम्म बुक क्लोजको मिति तोकेको छ । मंसिर १४ गतेसम्म शेयर हुने लगानीकर्ताले उक्त लाभांश पाउनेछन् ।

5bf2776c452d4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको