Like us!
Follow us!
Connect us!
Watch us!
५.९ अंकले घटेको बजारमा २१ करोडको कारोबार

लाभांश र वित्तीय विवरणले छोएन शेयर बजारलाई

सोमबार, ०३ मंसिर २०७५, १५ : १५ मा प्रकाशित

लाभांश र वित्तीय विवरणले छोएन शेयर बजारलाई

हेरौं, आजको शेयर तालिका

अर्थ संसार, काठमाडौं– हिजोआज बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश घोषणा गर्नुको साथै वित्तिय विवरण सार्वजनि गरिरहेका छन् । तर, यसको असर शेयर बजारमा पर्न सेकेको छैन ।

अधिकांश कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गर्दा बजार बढ्नुको सट्टा घटिरहेको छ । 

पुँजी बजार सोमबार ५.९ अंकले घटेको छ । कूल १४८ वटा कम्पनीको ७ लाख ९ हजार ३७९ कित्ता शेयर खरिदविक्री हुँदा २१ करोड २९ लाख १७ हजार ०२२ रुपैयाँको कारोबार भएको छ ।

क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.२१ अंकले घटेको छ ।  कारोबार भएको समूहमध्ये ७ वटा समूह ओराला लाग्दा नेप्से इन्डेक्स ११८९.५६ विन्दुमा आइपुगेको छ ।

बजारमा फाइनान्स ०.९१ र अन्य २.३४ अंकले बढेपनि बैकिङ ६.३, होटल १९.६४, डेभलपमेन्ट बैंक ५.९७, जलविद्युत २२.७९, निर्जीवन लाइफल इन्स्योरेन्स १२.७८, माइक्रोफाइनान्स ७.५७ र लाइफल इनस्योरेन्स ३२.१८ अंकले घटेको छ ।

घटेको बजारमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सवै भन्दा धेरै झण्डै ४ प्रतिशत आफ्ना आम्दानी बढाएका छन् । यता, सवै भन्दा धेरै एभरेष्ट इन्स्योरेन्स कम्पनीका लागनीकर्ताले आफ्नो आम्दानी १० प्रतिशतले गुमाएका छन्  ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको