Like us!
Follow us!
Connect us!
Watch us!

सामुदायिक लद्युवित्तको IPO मा लगानीकर्ताको ओहिरो, ४२ गुणाबढी आवेदन

बुधबार, ०५ मंसिर २०७५, ११ : ११ मा प्रकाशित

सामुदायिक लद्युवित्तको IPO  मा लगानीकर्ताको ओहिरो, ४२ गुणाबढी आवेदन

अर्थ संसार, काठमाडौं – सामुदायिक लघुवित्त वित्तीय संस्थाले निश्कासन गरेको साधारण शेयर (आइपिओ)मा लगानीकर्ताको आहिरो लागेको छ ।

मंसिर २ गतेदेखि कुल ३ लाख कित्तामध्ये २ लाख ७३ हजार कित्ता सर्वसाधारणका लागि जारी गरेको आईपीओमा मङ्गलवारसम्म ४२ दशमलव ५८ गुणा बढी आवेदन परेको विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडले दिएको जानकारी  दिएको छ ।

बिक्री प्रबन्धकको अनुसार १ लाख ७९ हजार १ सय २१ जना आवेदकले १ करोड १६ लाख २६ हजार ४ सय ५० कित्ता शेयर खरीदका लागि आवेदन परेको हो ।

कम्पनीले कुल ३ लाख कित्तामध्ये १२ हजार कित्ता शेयर कर्मचारीहरुलाई सुरक्षित गरी १५ हजार कित्ता सामुहिक लगानीकोषका लागि बाँडफाँट पश्चात बाँकी रहेको शेयर सर्वसाधारणमा जारी गरेको हो ।

कहाँबाट र कति आवेदन दिने ?

छिटोमा मंसिर ५ र ढिलोमा पुस २ गतेसम्म विक्री खुला गर्ने आव्हान गरेपनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिमै विक्री बन्द हुने विक्री प्रबन्धकले जानकारी दिएको छ ।

यस आईपीओमा न्यूनतम ५० र अधिकतम १५ सय कित्तासम्म माग गर्दै सि-आस्बा मार्फत आवेदन दिन सकिने व्यवस्था छ ।

5bf51fe0347e0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको