Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता संघको हारगुहारपछि शेयर बजार सुधारको बाटोमा

बुधबार, ०५ मंसिर २०७५, १५ : २६ मा प्रकाशित

लगानीकर्ता संघको हारगुहारपछि शेयर बजार सुधारको बाटोमा

अर्थ संसार,काठमाडौं– केही दिनअघिदेखि निरन्तर ओरालो लागेको शेयर बजार बुधबार भने सामान्य अंकले बढेको छ ।

मंगलबार नेपाल पुँजीबजार लगानीकर्ता संघले शेयर बजारमा पूर्णरुपमा अनलाइन प्रणाली लागू गर्न नेप्सेसँग माग गरेसँगै शेयर बजारले सुधारको बाटो समातेको हो ।

झण्डै २० करोड खर्चेर ल्याइएको अनलाइन प्रणाली लागू भएको दुई हप्ता वित्तिसक्दा पनि अनलाइन प्रणालीमा आएको समस्या समधान गर्न नसक्नु भनेको यो अनलाईन ट्रेकिङलाई अफल बनाउन खोजिएको संघको तर्क थियो ।

अदि अबको केही दिनभित्र अनलाईन ट्रेकिङमा सुधार गरी लगानीकर्ताको हातमा अनलाईन नसुम्पिए नेप्से घर्ने चेतावनी संघले दिएको थियो ।

बजार १ अंकले बढ्दा शेयर कारोबार रकम भने २६ करोड ८८ लाख ८४ हजार २७२ रुपैयाँको कारोबार भएको छ । कुल १५१ वटा कम्पनीको ८ लाख ५२ हजार ७६८ कित्ता खरिद विक्री भएको छ ।

क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.३५ अंकले बढेको छ । कारोबार भएको १० वटा समूहमध्ये ५ वटा समूह उकालो लाग्दा नेप्से इन्डेक्स ११८२.१७ विन्दुबाट उकालो लागि ११८२.७४ विन्दुमा आइपुगेको छ ।

आज बैकिङ १.२२, विकास बैंक ८.१३, फाइनान्स ०.९५, अन्य २.२७ र लाइफ इन्स्योरेन्स ३०.६५ अंकले बढको छ । यता होटल २२.९३, जलविद्युत ११.८७, निर्जीवन लाइफ इन्स्योरेन्स ७.४, उत्पादन ९.३४ र माइक्रोफाइनान्स ०.८५ अंकले घटेको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको