Like us!
Follow us!
Connect us!
Watch us!

सामुदायिक लद्युवित्तको IPO बाँडफाँड : २७ हजार ३ सयको हातमा १० कित्ता, अरुको हात खाली

सोमबार, १० मंसिर २०७५, ०८ : ४९ मा प्रकाशित

सामुदायिक लद्युवित्तको  IPO बाँडफाँड : २७ हजार ३ सयको हातमा १० कित्ता, अरुको हात खाली

अर्थ संसार, काठमाडौं – सामुदायिक लघुवित्त वित्तीय संस्थाले निश्कासन गरेको साधारण शेयर (आइपिओ) आज बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको कार्यालय हात्तिसार काठमाडौंमा आइपीओ बाँडफाँट भएको एसबीआई मर्चेन्ट बैंकिङले जानकारी दिएको छ ।
 
यसमा कुल आवेदक मध्येबाट २७ हजार ३०० जनाले मात्रै १० कित्ताको दरले आइपीओ हात पार्नेछन् । आइपीओ भरेका २ लाख २७ हजार ३६७ जना आवेदकको भने हात खाली हुने भएको छ । कुल २ लाख ५५ हजा ३१६ जनाले यो आइपीओ भरेका थिए । त्यसमध्ये ६४९ जना आवेदकको आवेदन रद्ध भएको बिक्री प्रबन्धकले जनाएको छ ।
 
सामुदायिकको आइपीओमा १ करोड ६५ लाख २९ हजार ७५० कित्ताका लागि आवेदन परेको थियो । कम्पनीले  मंसिर २ देखि ५ गतेसम्म ३ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

जसमध्ये (४५%) १२ हजार कित्ता सेयर कर्मचारी र (५५%) १५ हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएको थियो । यसबाट बाँकी रहेको २ लाख ७३ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

कसरी रिजल्ट हेर्ने

यसका लागि तपाईले यो https://www.facebook.com/arthasansar/ लिंक क्लिक गरी लाइक गर्नुहोस् ।
हामी PDF रिजल्ट पाउनसाथ  राख्नेछौँ ।

सहयोगको लागि धन्यावाद

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको