अर्थ संसार, काठमाडौं – सामुदायिक लघुवित्त वित्तीय संस्थाले निश्कासन गरेको साधारण शेयर (आइपिओ) आज बाँडफाँड भएको छ ।
बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको कार्यालय हात्तिसार काठमाडौंमा आइपीओ बाँडफाँट भएको एसबीआई मर्चेन्ट बैंकिङले जानकारी दिएको छ ।
यसमा कुल आवेदक मध्येबाट २७ हजार ३०० जनाले मात्रै १० कित्ताको दरले आइपीओ हात पार्नेछन् । आइपीओ भरेका २ लाख २७ हजार ३६७ जना आवेदकको भने हात खाली हुने भएको छ । कुल २ लाख ५५ हजार ३१६ जनाले यो आइपीओ भरेका थिए । त्यसमध्ये ६४९ जना आवेदकको आवेदन रद्ध भएको बिक्री प्रबन्धकले जनाएको छ ।
सामुदायिकको आइपीओमा १ करोड ६५ लाख २९ हजार ७५० कित्ताका लागि आवेदन परेको थियो । कम्पनीले मंसिर २ देखि ५ गतेसम्म ३ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
जसमध्ये (४५%) १२ हजार कित्ता सेयर कर्मचारी र (५५%) १५ हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएको थियो । यसबाट बाँकी रहेको २ लाख ७३ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस