Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता सघंले घेरे नेप्से

सोमबार, १० मंसिर २०७५, १३ : २५ मा प्रकाशित

लगानीकर्ता सघंले घेरे नेप्से

अर्थ संसार, काठमाडौं– अनलाइन कारोबार प्रणाली प्रभावकारी नभएको भन्दै सोमबार लगानीकर्ताले नेपाल स्टक एक्सचेन्ज नेप्सेमा धर्ना तथा नारबाजी गरेका छन् ।

नेप्सेले झण्डै २० करोड खर्चेर ल्याइएको पूर्ण स्वाचालित अनलाइन प्रणाली कार्तिक २० गतेदेखि शेयर बजारमा लागू गरेको थियो ।

शेयर बजारमा लागू भएको अनलाइन प्रणालीमा कमजोरीको कारण शेयर बजार सुधार र विस्तारका रणनीतिक कामहरु अवरुद्ध भएको भन्दै नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ र नेपाल पूँजीबजार संघ आन्दोलनमा उत्रिएका हुन् ।

नेप्से घेराउ गर्न पुगेका लगानीकर्ताले युजर नेम र पासवर्ड पाउने मिति तय नभएसम्म धर्ना जारी राख्ने समेत बताएका छन् ।

‘पूँजीबजारका १५ लाख लगानीकर्ताहरुको १४ खर्ब बढी सम्पत्तिको सुरक्षामै गम्भीर चुनौती देखा परेको छ’ नेपाल पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले भनिन्–‘अनलाइन ट्रेकिङ आएको ४ हप्ताहुँदापनि कुनै सुधार नदेखिएकाले कतै यो अनलाईन प्रणालीलाई असफल बनाउन लागिएको त होइन भन्ने आंशका हाम्रो संघको रहेको छ ।’

नेप्से घेराउ गर्न पुगका लगानीकर्तालाई नेप्सेका महाप्रबन्धक चन्द्रसिह साउदले अनलाइन प्रणालीमा सुधार भैरहेको बताएका छन् ।  ‘अबको केही दिनमा अनलाइन प्रणालीको सुधार हुन्छ, यदि नभए सफ्टवेयर फिर्ता गर्नेछौँ ।’ महाप्रबन्ध साउदले भने ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको