Like us!
Follow us!
Connect us!
Watch us!

किसान माइक्रोफाइनान्सले २९ प्रतिशत बोनस दिने, हकप्रदको तयारी

मंगलबार, ११ मंसिर २०७५, १२ : ५५ मा प्रकाशित

किसान माइक्रोफाइनान्सले २९ प्रतिशत बोनस दिने, हकप्रदको तयारी

अर्थ संसार, काठमाडौं– किसान माइक्रोफाइनान्सले २९ प्रतिशत बोनस र १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । उक्त प्रयोजनको लागि बैंकले आगामी पुस ७ गते साधारणसभा बोलाएको छ ।

कैलालीस्थित आफ्नै भवन निर्माण स्थल परिसरमा बोलाइएको साधारणसभामा माइक्रोफाइनान्सले कर प्रयोजनका लागि १.५३ प्रतिशतले हुन आउने ७ लाख ३३ हजार रुपैंया बराबरको नगद लाभांशका साथसाथै १ करोड ३९ लाख ३४ हजार बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

उक्त बोनस शेयरपछि हुन आउने १७ करोड २० लाख चुक्ता पुाजीको बराबर हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । यसो गर्दा फाइनान्सको चुक्ता पुजी ३४ करोड भन्दा बढी पुग्नेछ ।

साधारणसभा तथा बोनस र हकप्रद शेयर प्रयोजनका लागि माइक्रोफाइनान्सले २९ गतेका लागि बुक क्लोजको दिन तोकेको छ । उक्त हकप्रद र बोनसका लागि शेयरधनीले मंसिर २८ गतेसम्म शेयर सुरक्षित गर्नुपर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको