हेरौं आजको शेयर तालिका
अर्थ संसार, काठमाडौं– पुँजीबजारमा मंगलबार सामान्य सुधार भएको छ । बजार १.६१ अंकले बढेको बजारमा १५४ वटा कम्पनीको ७ लाख ८८ हजार १६९ कित्ता शेयर खरिदविक्री हुँदा २३ करोड १६ लाख ८२ हजार ९६१ रुपैयाँको कारोबार भएको छ ।
लगानीकर्तासंघले अनलाइन प्रणालीमा आएको समस्या समधान गर्न सोमबार नेप्से घराउ गरेका थिए । नेप्सेले लगानीकर्ताको मागलाई सम्बोधन गर्दै मंसिर १६ गते अनलाइन प्रणालीलाई सिक्नको लागि युजर नेम र पासवर्ड दिने र मंसिर २३ गते दलालसँग सम्झौता गरेका ग्राहकलाई युजर नेम र पासवर्ड उपलव्ध गराउने निर्णय गरेको छ । नेप्सेको यो निर्णयसँगै शेयर बजारमा लगानीकर्ताहरु प्रवेश गरेको देखिन्छ ।
कारोबार भएको समूह मध्ये ५ वटा समूह उकालो लाग्दा नेप्से इन्डेक्स ११६१.४३ विन्दुमा आइपुगेको छ । क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.३४ अंकले बढेको छ । मंगलबार कारोबार भएको समुहमध्ये बेकिङ २.२२, होटल १०.०८, डेभलपमेन्ट बैंक ३.८६, जलविद्युत ४.८१ र अन्य २.२७ अंकले बढेको छ । यता, फाइनान्स ०.८६, निर्जीवन लाइफ इन्स्योरेन्स २७.९३, उत्पादन १.७, माइक्रोफाइनान्स १.४८ र लाइफ इन्स्योरेन्स ६.०१ अंकले घटेको छ ।
सामान्य अंकले बढेको बजारमा सुर्यादय लद्युवित्त वित्तीय संस्था सवै भन्दा धेरै ८ प्रतिशतले बढेको छ भने सवै भन्द कम ३ प्रतिशतले एनएलजी इन्स्योरेन्स कम्पनी घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस