Like us!
Follow us!
Connect us!
Watch us!

क्रिष्टल पार्टि भेन्युमा अपर तामाकोशीको IPO बाँडफाँड जारी

मंगलबार, ११ मंसिर २०७५, १५ : ३३ मा प्रकाशित

क्रिष्टल पार्टि भेन्युमा अपर तामाकोशीको IPO बाँडफाँड जारी

अर्थ संसार, काठमाडौं  अपर तामाकोशी हाइड्रोपार कम्पनीले निश्कासन गरको साधारण शेयर (आइपिओ) बाँडफाँड अहिले क्रिष्टल पार्टि भेन्यु, नयाँ बानेश्वरमा भैरहेको छ ।

  विक्री प्रबन्धक सनराइज क्यापिटलको अनुसार करिब ६ हजार जनाले दोर्याएर आवेदन दिएका छन् । कात्र्तिक १५ गतेदेखि कार्तिक १९ गतेसम्म  निश्कास गरिएको साधारण शेयर (आइपिओ) निश्कासन गरको थियो ।

प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ खुला गरेको थियो । सर्वसाधारणका लागि १ करोड ५० लाख ९० हजार ७५० कित्ता आइपीओ बिक्री खुला गरिएको थियो । यसमा ६ अर्ब ७० करोड ५८ लाख २८ रुपैयाँ बराबरको आवेदन परेको छ । ३ लाख ४६ हजार १६६ जना आवेदकले ६ करोड ७० लाख ५८ हजार २८० कित्ताका लागि शेयर भरेका छन् ।

तामाकोशीको शेयर न्यूनतम पनि ४० कित्ता सबैले पाउने प्रारम्भिक अनुमान छ । कर्मचारी र स्थानीयबासीका लागि तामाकोशीले यसअघि नै सेयर निष्कासन गरी बाँडफाँट समेत गरिसकेको छ । यसरी सेयर पाइसकेका मध्ये केहीले पुनः दोहोर्याएर भरेपछि छानबिन गर्दा बाँडफाँटमा ढिलाइ भएको हो ।

रिजल्ट हेर्नको लागि तपाईले हाम्रो यो पेज यहाँ क्लिक गरी लाइक गर्नुहोस्
हामी रिजल्टको  पाउन साथ राख्नेछौँ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको