अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर बजारमा सामान्य गिरावट देखिएपनि कारोबार रकम उल्लेख्य बढेको छ।
कारोबार मापक सूचक २.१० अंकले घटेर ११५९.३८ अंकमा झरेको छ। सेन्सेटिभ सूचक ०.४७ अंकले घटेर २४६.५२ अंकमा पुगेको छ ।
साताको सुरुवात देखिनै घटेको शेयर बजार बुधबार सामान्य देखिएको छ । आज कारोबार रकम बढेर रु ४० करोड माथि पुगेको छ।
यस्तै उपसूचक मिश्रित देखिएका छन्। अन्य बाहेक सबै उपसूचक घटेको छ। अन्य ०.२९ प्रतिशतले बढेको छ। विकास बैंक सबैभन्दा बढी घटेको छ। सिटिजन्स म्युचुअल फण्डका शेयरधनीले सबैभन्दा बढी करिब चार प्रतिशत कमाए। समता माइक्रोफाइनान्सका शेयरधनीले करिब ६ प्रतिशत गुमाए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस