Like us!
Follow us!
Connect us!
Watch us!

१० अंकले घटेको बजारमा ३२ करोडको कारोबार

विहीबार, १३ मंसिर २०७५, १६ : ०६ मा प्रकाशित

१० अंकले घटेको बजारमा ३२ करोडको कारोबार

अर्थ संसार, काठमाडौँ– धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव ३७ बिन्दुले घटेर एक हजार १४८ दशमलव ७० बिन्दुमा झरेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव २१ बिन्दुले घटेर २४४ दशमलव २३ बिन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज कूल १६१ कम्पनीको १० लाख ६२ हजार ४३ कित्ता शेयर रु ३२ करोड २९ लाख ४७ हजार ९८३ मूल्यमा खरीद बिक्री भएको छ । आज कारोवार भएका ११ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । कारोवार वृद्धि भएकामा वित्त शून्य दशमलव १३ र उत्पादन एक दशमलव शून्य दुई बिन्दुले बढेको छ ।

बैंकिङ ९ दशमलव ३८, व्यापार ३ दशमलव ४६, होटल ९ दशमलव ५७, विकास बैंक ११ दशमलव २७, जलविद्युत् २ दशमलव ७१, निर्जीवन बीमा १०५ दशमलव १७, अन्य २ दशमलव ३१, माइक्रोफाइनान्स २४ दशमलव २३, जीवन बीमा ४७ दशमलव ७६ बिन्दुले घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको