Like us!
Follow us!
Connect us!
Watch us!

जलविद्युत् कम्पनीले सर्वसाधारणलाई पहिल्यै IPO दिन सक्ने

शुक्रबार, १४ मंसिर २०७५, ०५ : १२ मा प्रकाशित

जलविद्युत् कम्पनीले सर्वसाधारणलाई पहिल्यै IPO दिन सक्ने


अर्थ संसार, काठमाडौँ– जलविद्युत् कम्पनीले स्थानीय आयोजना प्रभावितलाई साधारण शेयर बिक्री नगरिकनै आम नागरिकलाई बिक्री गर्न पाउने भएको छ ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट ।निर्देशिका संशोधन गरी नयाँ व्यवस्था गरिदिएको हो । रसुवागढी तथा साञ्जेन जलविद्युुत् कम्पनीको पहलमा बोर्डले नयाँ व्यवस्था गरेको हो । ती कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता तथा ऋणदाता संस्थाका कर्मचारीलाई सीमित साधारण शेयर बिक्री गरिसकेको छ ।

कम्पनीले आयोजना प्रभावित रसुवावासीलाई साधारण शेयर बिक्रीको तयारी गरेको थियो तर रसुवाका स्थानीय तह तथा जिल्ला समन्वय समितिले तत्काल आफूहरु साधारण शेयर खरीद गर्न नसक्ने अवस्था रहेको भन्दै बोर्डलाई विशेष अनुरोध गरेको थियो ।

सोही अनुरोधका आधारमा बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकामा सामान्य संशोधन गरेको हो । रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख माधव कोइरालाले आफूहरुले सर्वसाधारणलाई शेयर बिक्री गर्ने गरी विवरणपत्र तयारीको क्रममा रहेको जानकारी दिनुभयो ।

स्थानीयवासीको मागलाई सम्बोधन गर्दै रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले अब कूल पूँजीको १५ प्रतिशतका दरले हुने साधारण शेयर आम सर्वसाधारणलाई पहिला बिक्री गर्नेछ । त्यसपछि मात्रै आयोजना प्रभावित रसुवावासीलाई बिक्री गरिनेछ ।

बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका संशोधन गरी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । स्थानीयले कुनै कारणवश शेयर किन्न नचाहे वा कम्पनीले पहिला सर्वसाधारणमा निष्काशन गर्ने इच्छा देखाए आवश्यक निर्णय गर्न सक्ने निर्देशिकामा व्यवस्था गरिएको छ ।

बोर्डले गत कात्तिक १२ गते नै उक्त निर्देशिका संशोधन गरेको बोर्डका प्रवक्ता नीरज गिरीले जानकारी दिनुभयो । स्थानीयवासीभन्दा अघि सर्वसाधारणलाई शेयर निष्काशन गरे त्यस्ता संस्थाले आयोजना प्रभावितका लागि निष्काशन गर्ने शेयरको प्रत्याभूति गर्नुपर्ने व्यवस्था भने गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार जलविद्युत् कम्पनीले सार्वजनिक निष्काशन गरेको छ महीना वा विद्युत्को उत्पादन शुरु हुनुभन्दा तीन महीनामा जुन पहिला हुन्छ सो समयभित्र स्थानीयलाई शेयर दिनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । सोही प्रावधानका आधारमा अब रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारी गरेको प्रमुख कोइरालाले जानकारी दिनुभयो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको